के नेपालमा सांसद भएका हरेक व्यक्ति प्रधानमन्त्री बन्न सक्छन् ?

के नेपालमा सांसद भएका हरेक व्यक्ति प्रधानमन्त्री बन्न सक्छन् ?

Nepalobserver
Tuesday, August 13 2024
Nepalobserver
Tuesday, August 13 2024
  • २४ मे, २०२४ मा प्राइम टेलिभिजनको युट्युब च्यानलमा अपलोड गरिएको  ४६ मिनेट ३१ सेकेन्ड लामो भिडियोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पार्टीका तर्फबाट प्रतिनिधि सभामा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेपालका हरेक सांसदले प्रधानमन्त्री बन्न सक्ने हैसियत राख्ने बताएका थिए । भिडियोको ७ मिनेट ४४ सेकेन्डमा पत्रकार ऋषि धमलाको प्रश्नको जवाफमा सांसद शाहीले नेपालको संविधानले हरेक सांसदलाई प्रधानमन्त्री बन्ने हैसियत दिने बताएका थिए । पत्रकार धमलासँग उनको प्रतिप्रशन थियो जनताबाट निर्वाचित भएको सांसद यो देशको प्रधानमन्त्री किन हुन सक्दैन ? यसबारेमा नेपाल फ्याक्ट चेकले तथ्यजाँच गरेको थियो । तथ्यजाँचमा सांसद शाहीको दाबी गलत देखिएको छ । सांसद शाहीको अन्तरवार्ताको भिडियो


    नेपालको संविधानको धारा २८९ मा रहेको पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्थामा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्नका लागि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

    constitution.jpg
    नेपालको संविधानको धारा २८९ मा उल्लेख गरिएको व्यवस्थाको स्क्रिनसट


    नेपालको संविधानको लिंक

    संविधानको धारा २८९ ले सांसद शाहीले दाबी गरेजस्तो सांसद मात्र नभई ती सांसद नेपालको वंशज नागरिक पनि हुनुपर्ने व्यवस्था गरेको छ। त्यसैले सांसद शाहीको नेपालका हरेक सांसदको प्रधानमन्त्री बन्न सक्ने हैसियत राख्ने दाबी गलत छ ।

    Comments
    Releted News

    © 2026 All right reserved to Nepalobserver.com  | Site By : SobizTrend